काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत जारी खेलमा साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ८ ओभरमा ७ विकेट गुमाउदै ७३ रन बनाएको हो ।
गएराती आएको बर्षाका कारण पिचमा समस्या भएपछि यो खेल ८-८ ओभर खेलाइएको छ ।