२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । वेस्ट इन्डिज क्रिकेट टिमका प्रशिक्षक डरेन सामीले ए टिमको नेपाल भ्रमणले आफ्नो विश्वकप टिम थप परिष्कृत हुने बताएका छन् ।

वेस्ट इन्डिज ए टिमको नेपाल भ्रमणको विषयमा आइसीसीसँग कुरा गर्दै प्रशिक्षक सामीले नेपालको ऐतिहासिक भ्रमणले विश्वकप टिम बलियो बनाउन सहयोग पुग्ने टिप्पणी गरेका हुन् । वेस्ट इन्डिज ए टिमले पहिलो पटक नेपाल भ्रमण गर्दै छ । भ्रमणका क्रममा वेस्ट इन्डिज ए ले नेपालमा ५ खेलको टी-२० सिरिज खेल्ने तालिका रहेको छ ।

Vivo Y28
Daraz

नेपाल आउने खेलाडीमा फेबियन एलेन, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर र हेडेन वाल्श जस्ता अनुभवी खेलाडी रहेका छन् भने टिमको कप्तानी रोभमन पावेलले गर्दै छन् ।

वेस्ट इन्डिजका ह्वाइट-बल प्रशिक्षक ड्यारेन सामीले भनेका छन्- ‘नेपाल भ्रमण ले हामीलाई हाम्रो टी-२० विश्वकप टोलीलाई परिष्कृत गर्ने, भूमिका स्पष्ट गर्ने मौका दिने छ । साथै हाम्रा ९ खेलाडी अहिले आइपिएल खेलिरहेकाले हाम्रो टी-२० टिमको गहिराई र यसको सीमा नाप्न सहयोग पुग्ने छ ।’

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।