काठमाडौँ । दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० अलराउण्डर वरीयतातर्फ शीर्ष १० मा पर्न सफल भएका छ्न । आइसिसीले जारी गरेको नयाँ वरीयतामा दीपेन्द्र टी-२० अलराउण्डरतर्फ एक स्थान सुधार गर्दै १० औँ स्थानमा छन् ।
टी-२० को अलराउण्डरतर्फ कुशल मल्ल ३२ औँ र गुलशन झा ६० औँ स्थानमा यथावत् छन् । रोहित पौडेल एक स्थान घट्दै ६५ औँ स्थानमा र करण केसीले एक स्थान सुधार गर्दै ७४ औँ छन् ।