काठमाडौँ । सन्दीप लामिछानेले जबरजस्ती करणीसम्बन्धी मुद्दामा सफाइ पाएका छ्न ।
उच्च अदालत पाटनमा मंगलबारबाट सुरु भएको बहस बुधबार अपराह्नमा सकिएको हो ।
मंगलबार न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दाहेर्दै ’राखिएको थियो । मंगलबार बाँकी रहेको बहस बुधबार निरन्तर भएको थियो । बुधबार सन्दीपका कानुन व्यवसायीले जवाफ दिएलगत्तै बहस सकिएको हो ।
बहस सकिए पछि न्यायाधीशले होटलको सिसिटिभी फुटेज हेरेका थिए । त्यस पश्चात न्यायाधीशद्धयको इजलासले सन्दीपलाई सफाइ दिएको हो ।