२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संसदभित्रै देश नभेटिएको आरोप लगाएका छन् । उनले सदनमा एकले अर्कालाई सिद्ध्याउने प्रयत्नमा लागेको भन्दै सदनभित्र भन्दा राष्ट्रिय क्रिकेट टोलीमा मिलेको देश पाइने व्यङ्ग्य गरे ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदले अमेरिकन एक लेखकले ‘डिलिङ विथ डिलेमा’ भन्ने पुस्तकमा लेखेको राष्ट्र उग्रवाद र देशप्रेमीको प्रसंगलाई उल्लेख गर्दै सदनमा दलहरुबीच देखिएको टकरावलाई व्याङ्ग्यात्मक रुपमा प्रहार गरे । उनले कर्मचारीदेखि निजी क्षेत्रसम्म कतै उत्साह नभेटिएको चर्चा गरेका छन् ।

Vivo Y28
Daraz

उनले भने, ‘हामी उग्र राष्ट्रवादले भन्दा पनि कठोर देशप्रेमले देश बनाऔं भन्छौं । राष्ट्रवादले जे छ सबै ठिक छ भन्छ, कठोर देशप्रेमले जे गलत छ त्यसलाई सुधार्नुपर्छ भन्छ । अहिले कर्मचारीको उत्साहमा देश खोज्न जाँदा देश भेटिदैन । निजी क्षेत्रको लगानीमा देश भेटिदैन । बजारमा हेर्न जाँदा देश भेटिन गाह्रो छ । सदनमा त झनै गाह्रो छ । किनकि यहाँ सबैले सबैलाई सिद्ध्याउने प्रयासमा छन् ।’
यस्तै, सांसद झाले एक दशकपछि आज टी–२० विश्वकप क्रिकेट खेल्न लागेको नेपाली राष्ट्रिय टोलीलाई बधाई र जितको शुभकामना दिँदै सच्चा देश आजको अवस्थामा राष्ट्रिय टिमभित्र मात्रै रहेको टिप्पणी गरे ।

‘आज विश्वकप खेल्दै गरेको राष्ट्रिय टोलीभित्र देश भेटिन्छ । त्यहाँ देशको लागि खेल्न फर्किएको सोमपाल कामीलाई देशले स्वागत गर्छ र टोलीले खेल्न दिन्छ । यो घुम्दै आयो र टोलीमा पर्यो भनेर खिसीट्युरी गर्दैन । त्यहाँ हेर्नुहोस् यादव, झा, पौडेल सबै साथमा मिलेर खेलिरहेका छन् । त्यसैले आज देश खोज्ने हो भने क्रिकेट टोलीमा पाउँछौं,’ सांसद झाले भने ।

आज सत्ता समीकरणमा रहेको रास्वपा सांसदहरुले राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा पुगेका थिए । टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा रास्वपाका १२ जना सांसदहरु जर्सी लगाएरै बैठकमा सहभागी बनेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।