२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटका लागि नेपाली टिम बुधबार नै वेस्टइन्डिज जानु पर्नेमा मौसम खराबका कारण अमेरिकामै रोकिएको छ । फ्लोरिडामा मंगलबार श्रीलंकाविरुद्धका खेल खराब मौसमका कारण हुन नसक्दा दुवै टिमले अंक बाँडेका थिए ।

समूह चरणका २ खेल खेल्नका लागि नेपाली टिम बुधबार वेस्टइन्डिज प्रस्थान गर्ने तालिका रहेको थियो । नेपालले वेस्टइन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्ने छ । वेस्टइन्डिजमा स्टार लेगस्पिनर सन्दीप लामिछानेले नेपाली टोलीलाई पर्खिएका छन् । अमेरिका जान नपाएका सन्दीपले वेस्टइन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल भने खेल्ने छन् । अहिले पनि फ्लोरिडाको मौसम अत्यन्त खराब रहेकाले अधिकांश हवाई उडानहरु रद्द भएका छन् । मंगलबारदेखिको झरी बुधवार पनि कायम रह्यो भने विहीबार पनि मौसम खराब हुने भन्दै त्यहाँको राष्ट्रिय मौसम विभागले अलर्ट (सूचना) जारी गरेको छ ।

Vivo Y28
Daraz

जसका कारण फोर्ट लाउडरडेल हलिउड अन्तर्राष्ट्रिय एयरपोर्ट र मायमी अन्तर्राष्ट्रिय एयरपोर्टका नियमित उडान प्रभावित भएका हुन् । मौसम विभागले बाढीको जोखिम रहेको भन्दै घरभन्दा बाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ । नेपालले जुन १५ मा दक्षिण अफ्रिकासँग खेल्ने तालिका रहेको छ । पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको नेपाल दोस्रो खेल बर्षाका कारण रद्द हुँदा श्रीलंकासँग एक एक अंक बाँडेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।