२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यास लिएका छन् ।
शनिबार राति वेस्टइन्डिजमा भारतलाई १७ वर्ष पछि टी–२० विश्वकपको उपाधि दिलाएका कप्तान रोहितले सन्यासको घोषणा गरेका हुन् । त्यसअघि विराट कोहलीले पनि टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका थिए ।

भारतीय कप्तान रोहित शर्माले खेलपछिको प्रस्तुति कार्यक्रममा आफ्नो सन्यासको बारेमा केही भनेनन् । तर खेलपछि पत्रकार सम्मेलनमा रोहितले सन्यासको घोषणा गरेका थिए । विराट कोहलीले जस्तै उनले पनि यो टीम इण्डियाका लागि उनको अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेल भएको बताए । अर्थात् अब उनले टी–२० अन्तर्राष्ट्रियबाट सन्यास लिनेछन् । तर, रोहित र विराट दुवैले एकदिवसीय र टेस्टमा भारतका लागि खेल्ने छन् ।

Vivo Y28
Daraz

पत्रकार सम्मेलनमा रोहित शर्माले विराट कोहलीको टी–२० अन्तर्राष्ट्रियबाट सन्यास लिएको प्रश्नमा भने, ‘यो मेरो पनि अन्तिम टी–२० अन्तर्राष्ट्रिय पनि थियो । यो ढाँचालाई अलविदा भन्नको लागि यो राम्रो समय हो । यो मैले चाहेको थियो, मलाई कप चाहिएको थियो र मैले यो पाएँ । यसबाहेक रोहितले यो ट्रफी राहुल द्रविडलाई समर्पण गरेको बताए ।

रोहित शर्मा हाल सबै टी २० विश्वकप खेल्ने एकमात्र भारतीय खेलाडी हुन् । उनी २००७ को टी–२० विश्वकपको टोलीमा थिए । त्यसपछि अब २०२४ मा उनको कप्तानीमा टोलीले यो प्रतियोगिता जितेको हो । रोहित शर्माले आफ्नो करियरमा कुल १५९ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् र ४२३१ रन बनाएका छन् । यो फर्म्याटमा उनको नाममा सर्वाधिक ५ शतकको कीर्तिमान पनि छ ।

रोहितले टी–२० अन्तर्राष्ट्रियमा कुल ३२ अर्धशतक पनि बनाएका छन् । अब उनले यही ऐतिहासिक कीर्तिमानसँगै आफ्नो यात्रा अन्त्य गर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।