काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको छ । ए ग्रेड मा परेका खेलाडीलाई क्यानले मासिक १ लाख रुपैयाँ तलब दिँदै आएको छ ।
क्यानको बिहिबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएपछि राष्ट्रिय टिममा फर्किएका उनलाई क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा राखिएको छ ।