काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गरेको छ ।
बिहीबार बसेको बैठकले निलम्बन गर्ने निर्णय गरेको हो । महिला टि-२० एसिया कपका लागि बन्द प्रशिक्षण को क्रममा बेगमले टिम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको क्यानको दाबी छ ।
बेगमलाई निलम्बन गर्दै थप छानबिन गर्न अनुशासन समितिलाई जिम्मा दिने क्यानले निर्णय गरेको हो ।