काठमाडौँ । उच्च अदालत विराटनगरले धरान उपमहानगरका मेयर हर्क साम्पाङले विदेश भ्रमणमा जाँदा वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिने निर्णयलाई तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।
उपमहानगरका उपप्रमुख ऐन्द्र विक्रम बेघाले मेयरको निर्णयविरुद्ध अदालतमा निवेदन दिएका थिए। मेयर साम्पाङ २०८१ असोज २८ मा विदेश भ्रमणमा जाने भएपछि उनले उपमेयरलाई नदिएर वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए ।
अदालतले मेयर साम्पाङको निर्णय कानुनी रूपमा विवादित ठहर गर्दै यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो। अदालतले यस विवादमा दुवै पक्षलाई छलफलका लागि मिति कार्तिक ६ गते उपस्थित हुन निर्देशन दिएको छ।