काठमाडौं । सहकारी रकम ठगी र संगठित अपराधको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
उनलाई ६ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको हो । आइतबार न्यायाधीश नवराज दाहालको इजलासले सो आदेश दिएको हो ।