काठमाडौं । धनुषाकी निहारिका राजपूतको आमरण अनशन चार दिन भयो । आफूले न्याय नपाएको र जिल्ला अदालत धनुषाले पनि अपराधीलाई राजनीतिक र आर्थिक शक्तिको आडमा उन्मुक्ति दिएको भन्दै कुमारी आमा भनेर चिनिएकी निहारिका चार दिनदेखि माइतीघर मण्डलामा आमरण अनशन बसेकी छन् ।
ऊनी त्यहाँ आमरण अनशन बसे पछी उनको साथ दिनु को सातो शुक्रवार पहिलो दिन नै राति १० बजे प्रहरी ले नियन्त्रणमा लिएक्प थियो । प्रहरी ले नियन्त्रणमा लिए पछी शनिवार बिहान ८ बजे प्रहरीले छोडेपछि निहारिकाले वसन्तपुर दरबार स्क्वायरमा अनशन थालेकि छन् ।
यद्यपि सरकारले उनको माग बारे केहि चासो लिएको छैन । यस तर्फ न गृहमन्त्रालय , न महिला आयोग न त प्रशासन कै ध्यानाकर्षण भएको छ । तर उनले महिला अधिकारकर्मीहरुको साथ पाएकी छन् ।
राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली र राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापासहितका अधिकारकर्मीहरुले आइतबार अनशनस्थल वसन्तपुर पुगेर निहारिकाको माग बारे बुझ्नु भएको छ । अध्यक्ष सहित अधिकारकर्मीहरुको टोलि त्यहा पुगेर सरकारलाई यथाशीघ्र ध्यानाकर्षण गराउने र आफुहरुको साथ रहने बताएका छन् ।
ऊनी अनशन बस्नुको कारण के हो ?
उनले जानकारी दिए अनुसार आफु १७ वर्षकी नाबालिग हुँदा जनकपुरका शिवराज श्रेष्ठले नसालु पदार्थ खुवाएर बलात्कार गरिएको थियो । निहारिकाको २१ महिनाको छोरा छन् । प्रहरी प्रशासनले अनुसन्धानको सुरुवातदेखि नै आफ्नो मुद्दालाई कमजोर बनाएर लगेको निहारिकाको आरोप छ । जिल्ला अदालत धनुषाले २०७८ माघ २४ गते पीडक श्रेष्ठलाई समेत सफाइ दिसकेको छ ।
जिल्ला अदालतको फैसला उपर निहारिका उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गरेकी थिइन । यद्यपि आफ्नो मुद्दा को कुनै सुनुवाइ नभएको उनको गुनासो छ । फागुनमा दर्ता भएको मुद्दा हाल सम्म पेशी तोकिएको छैन ।
निहारिकाले बच्चाको डीएनए परीक्षण गर्न, उच्च अदालतबाट छिटोभन्दा छिटो पेशी तोकेर फैसला गर्न, दोषीलाई पक्राउ गरेर अनुसन्धान गर्न तथा आफ्नो २१ महिने बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्य उपचार, शिक्षा लगायत आधारभूत कुरा राज्यबाट सुनिश्चित गरिदिन माग गर्दै बिगत चार दिन देखि आमरण अनशन मा छिन ।