काठमाडौं । सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरूद्ध भएको छ । नारायणगढ मुग्लिन सडकको इच्छाकामना गाउँपालिका–६ चार किलोमा पहिरो खसेको हो । पहिरो खसेपछि सो सडकमा दुईतर्फी गाडी चल्न सकेको छैन ।
इलाका प्रहरी कार्यालय मुग्लिङ र सडक कार्यालयको समन्वयमा अवरोध हटाउने प्रयास भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिएका छन् ।