काठमाडौं । मल बोकेर जाँदै गरेको दुईवटा ट्रकबाट किसानहरुले रासायनिक निक मल खोसेका छन् ।
धादिङको धार्केमा रासायनिक मल बोकेर काठमाडौंतर्फ जाँदै गरेको दुई वटा ट्रकलाई राजमार्ग छेउमा रोकेर किसानले मल झिकेर लगेको धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिएका छन् ।
भारतबाट भन्सार छली गरेर ल्याइएको मल किसानले कब्जा गरेका हुन् । भन्सार छली गरेर ल्याउँदै गरिएको दुई ट्रक मल राजश्व विभागले नियन्त्रणमा लिएपछि व्यापारीहरूको संलग्नतामा किसानहरूलाई जानकारी गराएका थिए ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा स्थानीयले ट्रकबाट मल खोसिरहेको र सशस्त्र प्रहरीले हस्तक्षेप गरेको देखिएको छ ।