काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डमा गुडिरहेको स्कुटर र मोटरसाइकल पहिरो खस्दा ३ जना घाइते भएका छन् ।
चितवनको इच्छाकामना गाउँपालिका ६ तोपेखोलास्थित नाम्सीपुल नजिक गुडिरहेको बेला माथिबाट सुख्खा पहिरो खस्दा तीन जना घाइते भएको प्रहरी ले जनाएको छ ।
स्कुटरमा सवार दुई जना र मोटरसाइकलमा सवार एक जना घाइते भइको प्रहरीले जनाएको छ ।उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । खसेको पहिरो समेत पन्छाई सडक भने अहिले दुईतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।