काठमाडौं । काठमाडौं महानगरपालिकामा एकद्वार प्रणालीमा सबै सार्वजनिक यातायात चल्ने भएको छ ।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सबै कम्पनीहरुसँग सहकार्य गरेर एकद्वार प्रणालीमा सञ्चालन गरिने बताएका हुन ।
आज राष्ट्रिय सभा गृह मा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्ले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न एक द्वार प्रणाली अपनाउन लागिएको जानकारी दिए ।