२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामति कर्मचारीको नवीन सोच र प्रतिभा प्रस्फुटनका लागि प्रतिभा डबली, २०७९ सञ्चालन गर्ने भएको छ ।

मन्त्रालयले आइडिया स्टुडियोसँगको सहकार्यमा निजामति कर्मचारीको अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि नवीन सोच, समस्याको पहिचान, समाधानका नवीन उपाय र त्यसका फाइदाबारे उल्लेख गरेर आवेदन फर्म भर्न आह्वान गरेको छ । यही असार १३ गतेभित्र आवेदन बुझाउनुपर्नेछ । प्राप्त आवेदनमध्ये उत्कृष्ट १० विचार, प्रतिभा वा सोचलाई छनोट गरिने र उत्कृष्ट तीनलाई आर्थिक पुरस्कार र सम्मानपत्र पनि दिइने जनाइएको छ ।

Vivo Y28
Daraz

शीर्ष तीन आइडियालाई कार्यक्रम र बजेटमा समावेश पनि गरिने छ । प्रतिभा डबलीसम्बन्धी आज आयोजित अन्तक्र्रिया कार्यक्रममा सो मन्त्रालयका सचिव सुरेश अधिकारीले उत्पादन, सेवा प्रवाह, विकास, वातावरण, विपद् व्यवस्थापन, दैनिक कार्यलगायतका क्षेत्रमा नवीन सोच प्रस्ताव गर्न सकिने बताउनुभयो ।

उहाँले नवीन सोच वा नीतिगत निर्णय लिनुअघि त्यसका समग्र पक्षको विश्वेषण गर्नु आवश्यक भएकाले निजामति कर्मचारी केवल जागिरका लागि नभइ सरकारको अङ्ग पनि भएकाले त्यो गम्भीरतालाई मनन गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

निजामति कर्मचारीमा रहेको प्रतिभा प्रस्फुटन गर्न चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार सरकारी प्रणालीको क्षमता विकास गर्दै नीति तर्जुमा सहयोग, नीति कार्यान्वयन, सेवा प्रवाह तथा विकास निर्माणलगायत सार्वजनिक सरोकारका विषयमा वा सोका अतिरिक्त व्यक्तिगत जीवनमा आफूमा अन्तरनिहित प्रतिभाको उजागर गर्ने अवसर प्रदान गर्न कार्यक्रम सञ्चालनको कार्यविधि जारी गरिएको छ । कार्यविधिनुसार डबलीमा भाग लिन सो मन्त्रालयले सबै मन्त्रालय र निकायलाई गत जेठ ३० गते पत्राचार गरेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।