काठमाडौं । काठमाडौंको चाबहिलमा रहेको सेन्ट लरेन्सका विद्यार्थी दुर्व्यवहार गरेको घटनाका आरोपी दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको हो । त्यि शिक्षकले यौन सम्बन्ध राख्ने प्रस्ताव गरेको र दुव्र्यवहार समेत गरेको भन्दै जेठ पहिलो साता विद्यार्थीहरुले सार्वजनिक गरेका थिए ।
कलेज प्रशासन लाई जानकारी गराउदा पनि केहि सुनुवाइ नदेखाएपछि बिद्यार्थीहरु प्रदर्शन नै गरेका थिए । विद्यार्थी को प्रदर्शन पछी प्रहरी ले तत्काल दुबै शिक्षक लाई पक्राउ गरेको थियो ।