२०८१ कार्तिक ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

कञ्चनपुर । कञ्चनपुरको पुर्नबास नगरपालिकामा मंगलवार मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पुर्नबास–६ टाउनका दुई वर्षीय मनिष रानामगरको मृत्यु भएको हो ।

तीव्र गतिमा गुडिरहेको मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिनुभयो । युपी ३१ के ८१३० नम्बरको भारतीय नम्बरको मोटरसाइकलले रानामगरलाई ठक्कर दिएको हो ।

Vivo Y28
Daraz

रानामगरको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक सुनुवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सडक छेउमा खेलिरहेका बालकलाई ठक्कर दिएर सुनुवार फरार भएका थिए । उनी नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेको मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।