२०८१ कार्तिक ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

वीरेन्द्रनगर । सुर्खेत दैलेख खण्डअन्तर्गत कपासे नजिकै बोलेर जीप दुर्घटना भएको छ । वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्गलामा रहेको मौसमी राडारको अनुगमन गरेर वीरेन्द्रनगरतर्फ फर्किंदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखि माथि मोडमा दुर्घटनामा परेको हो ।

बा १ झ ८७८४ नम्बरको बोलेरो जीप सडकबाट करिब २० मिटर तल खसेको सशस्त्र प्रहरी बल रक्तकाली गण बाँगेसीमलका प्रहरी नायब निरीक्षक विमल डाँगीले जानकारी दिनुभयो ।

Vivo Y28
Daraz

दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । रुकुमपश्चिम चौरजहारी नगरपालिका घर भई जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरमा कार्यरत इञ्जिनियर धर्म बुढाथोकीको दुर्घटनामा परी मृत्यु भएको छ ।

प्रहरी नायब निरीक्षक डाँगीका अनुसार दुर्घटनामा इञ्जिनियर (जल विज्ञान सहायक) सरस्वती विष्ट, सवारी चालक कोहलपुरका बाबुराम गुरुङ र असराघाटमा रहेको बाढी मापन केन्द्रमा कार्यरत कर्मचारीको श्रीमती घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको छ । घाइतेको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।