काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर घरमै छुट्याउन सार्वजनिक सूचना जारी गरेको छ ।
महानगरपालिकाले सूचना जारी गर्दै साउन १ गतेदेखि घरमा नै फोहोर लाई कुहिने र नकुहिने फोहोर छुट्याउन अनुरोध गरेको हो ।
स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने भन्दै महानगरपालिकाले नियमअनुसार नगरे प्रत्येक पटक ५०० रुपैयाँ जरिवाना हुने जनाएको छ ।