काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि हुँदा चरम खडेरीमा पानी परेको जस्तै भएको लगानीकर्ताको टिप्पणी छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९४.९२ अङ्कले उकालो लागेर एक हजार ९५६.९८ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १७.९३ मा पुगेको छ ।
कूल २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता शेयर रु दुई अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४९ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।
बैंकिङ ३५.५, व्यापार १२१.०८, होटल तथा पर्यटन १४०.९३, विकास बैंक २५७.१४, जलविद्युत् १५६.९२, वित्त १०२.४३, निर्जीवन बीमा २६२.८८, उत्पादन २८४.५३, अन्य ९६ं०३, लघुवित्त २३१.०३, जीवन बीमा ३६६.७८, सामूहकि लगानी कोष ०.५ र लगानी ५.१९ अङ्कले उकालो लाग्यो ।
शेयर कारोबार हुने साताको पहिलो दिन आज आइतबार रु २७ खर्ब ९० अर्ब १६ करोड ५५ लाख ५४ हजार ८८८ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा कुमारी बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु आठ करोड ६४ लाख ३८ हजार ९५३ बराबरको कारोबार भयो । हिमालयन बैंक रु आठ करोड ३७ लाख ९२ हजार ९३६, ङादी ग्रुप पावर रु आठ करोड ३३ लाख ५३ हजार, नबिल बैंक रु छ करोड ७६ लाख २७ हजार ८५८ र शिवम् सिमेन्ट रु पाँच करोड ४१ लाख ७० हजार ६६३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।