२०८१ कार्तिक ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईमारे भन्ने स्थानमा नेपाली नागरिक लुटपाट गर्ने तीनजना भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणाका २१ वर्षीय भगत सिंह, १७ वर्षीय साहिल बादलिसे र २० वर्षीय सन्नी जेट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । उनीहरूलाई गोदावरी नगरपालिका–१ स्थित ऐश्वर्य सामुदायिक वनबाट पक्राउ गरेको हो ।

प्रनाउ जोशीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट डडेलधुराको आलितालतर्फ जाँदै गरेको वेदकोट नगरपालिका–३ बस्ने आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटरका रूपमा कार्यरत लोकेन्द्रसिंह भण्डारीले चलाइरहेको प्रदेश ०३–०१–०२३ च ८७२१ नंको सिल्भर रङ्गको सुजुकी कारलाई भीमदत्तबाटै सोही कारमा खानिडाँडासम्मका लागि लिफ्ट मागी सवार तीनजना भारतीयले निज भण्डारीलाई कुटपिट गरी लुटपाट गरेका थिए ।

Vivo Y28
Daraz

निज भण्डारीलाई फोटो खिच्ने बहानामा सडकदेखि ५० मिटर तल लगी कुटपिट गरी आफूले प्रयोग गरेको गम्छा (कपडा) ले हातखुट्टा र मुख बाँधी निजका साथमा रहेको एक थान मोबाइल, एक थान पर्स र कारसमेत लगी भारतीय नागरिक फरार भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।