बुटवल । पहिरो खसे पछी सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । आज बिहान पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ स्थित ड्यामसाइड नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको ट्राफिक प्रहरी ले जनाएको छ ।
उक्त ठाउँमा ठूला ढुंगासहित पहिरो खसेको र पहिरो झर्न नरोकिएकाले सडक सञ्चालन हुन केही घण्टा लाग्ने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रहरीले बुटवलतर्फबाट आउने सवारी साधनलाई तल्लो सिद्धबाबा क्षेत्रमा र तानसेनतर्फबाट बुटवल हिडेका सवारी साधनलाई दोभान प्रहरी चौकीबाट जान दिएको छैन । केही दिनयता दोभानदेखि सिद्दबाबा क्षेत्रमा पनि दिनहुँ खस्ने समस्या बढेको छ ।