२०८१ कार्तिक ५ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । चिनियाँ कम्पनी ह्वावेले आफ्नो नयाँ स्मार्टवाच जीटी थ्री प्रो नेपाल मा भित्राएको छ ।
नेपाल भित्रिएको उक्त स्मार्टवाचले मुटुको धड्कन मापन गर्ने देखि ईसीजी गर्दा प्राप्त हुने सबै प्रकारको स्वास्थ्य रिपोर्ट देखाउने छ ।

अन्य मुलुकमा यो स्मार्टवाच दुईवटा साइजमा उपलब्ध भए पनि नेपाल मा हाल ४६ एमएममा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । ४६ इन्चको वाच ‘टाटनम’ बाट बनेको हो भने ४३ एमएम सेरामिक भेरियन्टमा आएको छ । उक्त घडिमा १.४३ इन्चको एमोलेड डिस्प्ले उपलब्ध छ । कम्पनी ले दाबी गरे अनुसार ४६ एमएम भेरियन्टको वाचमा १४ दिनसम्म टिक्ने ब्याट्री रहेको छ ।

उक्त स्मार्टवाच हार्मोनी अपरेटिङ सिस्टम २.० मा आधारित छ, जुन एन्ड्रोइड ६ र आईओएस ९ माथिका डिभाइसमा पनि कम्प्याटिबल रहेको कम्पनीले जनाएको छ । मुख्यत यो स्मार्टवाचले पानी प्रतिरोधात्मक झन सरल हुने देखिएको छ । यो घडि ३० मिनेट सम्म डाइभिङ गर्दा पनि केही नहुने कम्पनीको जनाएको छ।

साथै यसमा ३०० भन्दा बढि गल्फ कोर्सको म्याप भएको कारण यो घडि अझ आकर्षक र उपयोगी हुने कम्पनीको दाबी रहेकोे छ । उक्त स्मार्टवाछमा ५३० एमएएचको नन-रिमुभेबल ब्याट्री रहेको छ, जसले वायरलेस चार्जिङ सपोर्ट गर्न सकिने कम्पनी ले जनाएको छ । कम्पनीले स्मार्टवाच जीटी थ्री प्रो नेपाल मा भित्राए संगै यसकाे मूल्य ४७ हजार ९ सय ९० रुपैयाँ कायम गरेको छ ।

Vivo Y28
Daraz

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।