काठमाडौं । बागमती प्रदेश को मुख्यमन्त्री परिवर्तन हुने भएको छ ।
नेकपा एकीकृत समाजवादी को तर्फ बाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले सहमति कार्यान्वयन नगरेको भन्दै बागमती प्रदेशसभा मा रहेका सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री परिवर्तनका लागि दबाव दिन बिहीबार सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् ।
बागमती प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच आलोपालो सरकार चलाउने सहमति भएको तर मुख्यमन्त्री पाण्डेले सहमति अनुसार राजीनामा गर्नुपर्नेमा आलटाल गरेकाले दबाव दिन हस्ताक्षर संकलन थालिएको सांसद सीता अधिकारीले बताउनु भयो ।
उनका अनुसार प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गरिने छ ।