काठमाडौं । नेपाल भ्रमण दशक घोषणा गर्ने सरकारले तयारी गरेको छ ।
आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्न लागिएको जनाएको छ ।
मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक तीन महिनाभित्र घोषणा गरिसक्ने गरी तयारी जानकारी दिनु भयो । त्यस्तै सरकारले सगरमाथा आधार शिविरबारे अध्ययन गर्न समितिसमेत गठन गर्ने तयारी गरेको छ।