२०८१ श्रावण १२ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

पर्सा । पर्साको सखुवाप्रसौनी गाउँपालिकाले पहिलोपटक पालिकाभित्रका सबै बिरामीका लागि निःशुल्करूपमा एम्बुलेन्स सेवा सुरु गरेको छ । पालिकाअन्तर्गत व्यक्ति बिरामी परेर उपचारका लागि पर्सा जिल्लाको कुनै पनि अस्पतालमा जान परे एम्बुलेन्सले निःशुल्क सेवा प्रदान गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले बताउनुभयो ।

हाल पालिकामा दुईवटा निःशुल्क एम्बुलेन्स उपलब्ध छ । मधुवन मथलव स्वास्थ्यचौकी र महुवन स्वास्थ्यचौकीमा रहेका दुईवटा एम्बुलेन्स, पालिकाका सेवाग्राहीका लागि निःशुल्क उपलब्ध गराउन थालिएको गाउँपालिलाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले जनानकारी दिनुभयो ।

सखुवाप्रसौनी गाउँपालिकाका सेवाग्राहीले उपचारका लागि पर्सा जिल्लाभन्दा बाहिरी जिल्लाको अस्पताल वा स्वास्थ्य संस्थामा जानुपरेमा भने इन्धन खर्चमात्रै सेवाग्राही स्वयंले व्यहोर्नुपर्ने अध्यक्ष यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।