काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबलमा भारतलाई हराउदै बङ्ग्लादेशले जीत हात पारेको छ ।
दशरथ रङ्गशालामा भएकाे आजको खेलमा भारतलाई तीन–शून्य गाेलले हराउँदै बङ्ग्लादेश समूह विजेता बनेकाे हाे । बङ्ग्लादेशका लागि मोसमात सिराज जाहान सोप्नाले दुई र कृष्णारानी सरकारले एक गोल गरेका हिन । भारत भने उपविजेता बनेकाे छ ।
याेसँगै सेमिफाइनल समीकरण पूरा भएकाे छ । यो हार भारत को लागी पहिलो पटक हो ।समूह ‘बी’ बाट नेपाल र भुटान सेमिफाइनलमा पुगिसकेका छन् । नेपालले अब फाइनल प्रवेशका लागि भारतसँग खेल्नेछ । photo : unique / dainikmandu