२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट गोलरक्षक घोषित बंगलादेशकी रुपना चक्माको घर सरकारले बनाइदिने भएको छ । उनको घर सरकारले बनाइदिने बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले घोषणा गरेकी हुन

बंगलादेशको नानिआर्चर उपजीलाकी बासिन्दा रुपनाको कमजोर स्थितिलाई मध्यनजर गर्दै सरकारले उनलाई घर बनाइदिने भएको हो । रुपनाले मंगलबार आफ्नो फेसबुकमा पोस्ट गर्दै सरकारी प्रतिनिधिलाई धन्यवाद दिएकी छिन् ।नेपालमा सोमबार सम्पन्न साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट गोलकिपरको ट्रफी जितेकी १८ वर्षीय चक्मा रंगमाटीकी नानियारचरकी हुन् । साफको फाइनलमा घरेलु टिम नेपाललाई ३–१ गोलले पराजित गर्दै बंगलादेशले पहिलो पटक उपाधि जितेको थियो ।

Vivo Y28
Daraz

बंगलादेशले पहिलोपटक साफको उपाधि जिते लगत्तै गोलकिपर रुप्नाको जिर्ण घरको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । भाइरल तस्बिर पछी बङ्ग्लादेश सरकारले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।