२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

बारा । आज (मंगलबार) संयुक्त रुपमा फेटा गाउँपालिका क्षेत्रीय सभा आयोजना गरी वाग्लेसहित, साह र न्यौपानेले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको थियो। सो कार्यक्रममा यस्तो बताएका थिए।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा बारा क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार बनेका इच्छाबहादुर वाग्लेलाई एमाले त्यागेका प्रभु साह र बद्री न्यौपानेले साथ दिने भएका छन।

Vivo Y28
Daraz

नेपाली कांग्रेसले गठबन्धनको भागबण्डा गर्दा बारा ४ मा नेकपा एकीकृत समाजवादीलाई टिकट दिएपछि वाग्लेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। नेपाली कांग्रेसको तर्फबाट इच्छाबहादुर वाग्ले टिकटको दाबेदार रहेका थिए तर सत्ता गठबन्धनको भागबण्डामा बारा–४ एकीकृत समाजवादीको भागमा परेपछि पूर्व श्रममन्त्री श्रेष्ठले टिकट पाएका थिए। उनले बाराबाट टिकट पाउँदा नेपाली कांग्रेसले सहज जित निकाल्ने अवस्था भएपनि पार्टीले गठबन्धनका नाममा जनमत नै नभएका व्यक्तिलाई उभ्याएपछि वाग्लेले स्वतन्त्र रुपमा उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिएका हुन।

तिनै वाग्लेलाई ‘स्वतन्त्र उम्मेदवार जिताऔं अभियान’ चलाएका प्रभु साहले साथ दिएका छन। प्रभु साहको अभियानमा एमाले केन्द्रीय सदस्य त्यागेर बद्रि न्यौपाने पनि लागेका छन । न्यौपाने चुरे भावर पार्टी त्यागेर एमाले प्रवेश गरेका ।

चितवनमा आयोजित एमालेको दशौं महाधिवेशनबाट न्यौपाने केन्द्रीय सदस्यसमेत रहेका थिए। एमालेले चुनावमा जसपासँग गठबन्धन गरेपछि रुष्ट साह र न्यौपाने दुवै मिलेर ‘स्वतन्त्र उम्मेदवार जिताऔं अभियान’ चलाएका छन। मधेश प्रदेशमा आफ्नो राम्रो पकड रहेको दाबी गर्ने प्रभु र बद्री दुवै एमालेविरुद्ध लागेर वाग्लेलाई समर्थन गरेपछि प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।

बारा क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) र एमाले–जसपा गठबन्धनबाट एमालेका एकबाल मिया उम्मेदवार रहनुभएको छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।