२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

बारा । शिव एन्ड शक्ति आयल स्टोरले आधुनिक किसिमको जगदम्बा क्याफे लन्ज एन्ड बार आज देखि सन्चालनमा ल्याएको छ । हुलाकी राजमार्गमा पर्ने महागढिमाई नगरपालिका १ मा खुलेको सुबिधा सम्पन्न आयल स्टोरमा आउने ग्राहकको सुबिधालाई मध्यनजर गरि आधुनिक क्याफे सन्चालनमा ल्याएको युवा उधमी तथा शिव एन्ड शक्ति आयल स्टोरका सन्चालक अनिल पटेलले जनाएका छन । खासगरी विश्व प्रसिद्ध गढिमाई मन्दिरमा दर्शन गर्न आउने भक्तालु तथा हुलाकी राजमार्ग भएर ओहोरदोहोर गर्ने गाडीका मानिसहरुका सुबिधाका लागि यो क्याफे सन्चालनमा ल्याएको पटेलले जानकारी गराए । क्याफे र आयल स्टोर खुले सङ्गै यस भेगको रौनक बढेको र आन्तरिक तथा बाह्य पर्यटकका लागि अत्यन्तै सहज सेवा उपलब्ध हुने पटेलले जनाए । अधिकान्स पेट्रोल पम्पहरुमा आवस्यक पुर्वाधार नभएका कारण गुनासो सुनिने गरेकाले आफुले ती सबैको बिकल्पका रुपमा यो क्याफे खोलिएको बताए । बिश्व प्रसिद्ध मेला लाग्ने स्थानमा समेत सुबिधा सम्पन्न पेट्रोल पम्प र क्याफे नहुनुले यस छेत्रको बिकास मा प्रश्न चिन्ह जस्तै भएकाले यस भेगका जनप्रतिनिधि तथा ब्यवसायीहरुको सल्लाहमा यो खुलेको पटेलले बताए ।
यस अघि पेट्रोल पम्प तथा क्याफेका सन्चालक पटेल तथा महागढिमाई नगरपालिका १ का वडा अध्यक्ष मनोज गुप्ता र कलैया उपमहानगरपालिका वडा ६ का अध्यक्ष राम बिश्वास ठाकुर तिनै जनाले संयुक्त रुपमा रिबन काटेर उदघाटन गरेका थिए । रिबन काटेर दुबै वडा अध्यक्षले यस पम्पले यस छेत्रको पर्यटन बिकासमा टेवा पुर्याउने बताएका छन। अध्यक्ष द्वयले क्याफे र पम्प सन्चालनमा आए सङ्गै कति जना युवाले रोजगारी समेत पाएको मा खुशी ब्यक्त गरे ।

Vivo Y28
Daraz

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।