काठमाडौं । विश्वकप क्वालिफायर खेल्न नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टोली घोषणा गरेको छ ।
गत बैशाखमा घरेलु मैदानमा भएको एसीसी प्रिमियर कप जित्दाको टोलीमा दुई खेलाडी थप्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो ।
टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललितनारायण राजवंशी, अर्जुन साउद र किशोर महतो रहेका छन्