२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले चुरे मास्न पाइदैँन ः पर्यावरण विरोधी नीति चाहिदैँन, हिमालय÷चुरे बचाउँ ः तराइ लाई मरुभूमिकरण हुनबाट जोगाउँ भन्ने आह्वानसहित विभिन्न जिल्लामा वृक्षरोपण गरि विश्व वातावरण दिवस मनाएको छ ।

यस क्रममा समाजका पाल्पा, चितवन, तेह्रथुम र काठमाडौ शाखाले वृक्षरोपण गरेका छन् । यसैगरी समाजका दाङ, सुर्खेत लगायत शाखाले वृक्ष गोडमेल तथा सरसफाई कार्यक्रम गरि विश्व वातावरण दिवस मनाएका छन् । पछिल्लो चरणमा चुरे सिध्याउने गरि ढुंगा गिटी र बालुवा निकासीका लागि नेपाल सरकारले अवलम्वन गर्न थालेको घातक नीतिप्रति मानव अधिकार तथा शान्ति समाज गम्भीर चिन्ता व्यक्त गरेको छ ।

Vivo Y28
Daraz

चुरेको अत्याधिक दोहन गरेर ढुंगा, गिट्टी, बालुवा निकाल्नु भनेको तराईलाई मरुभुमिकरणतर्फ धकेल्नु हो भन्दै शान्ति समाजले बाह्य दबाबमा परेर चुरे ध्वस्त पारी ढुंगा गिटी निकासीको योजना पर्यावरणीय सन्तुलनका हिसाबले झनै आपत्तिजनक भएको बताएको छ । यस्तो आत्मघाती नीति खारेज गर्न शान्ति समाज सरकारलाई आग्रह पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।