काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने दक्षिण अफ्रीका प्रस्थान गरेका छन्।
सन्दीप सोमबार राति दक्षिण अफ्रीका प्रस्थान गरेका हुन् । आइसीसी विश्वकप एकदिवसीय छनोटको अन्तिम तयारी गर्न नेपाली टोलीका अन्य खेलाडी दक्षिण अफ्रीका पुगिसकेका छन्। उनको मुद्दाको सर्वोच्च अदालतमा पेशी रहेकोले मंगलबार टोलीका अन्य सदस्यसँग दक्षिण अफ्रीका गएका थिएनन्।
तर, पेशी असार २९ सम्मलाई सरेपछि उसन्दीप सोमबार राती दक्षिण अफ्रिका गएका हुन्।