२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । नेपाल – भारत द्विद्देशीय टी–२० नेत्रहीन महिला क्रिकेट श्रृंखलाको उपाधि जित्ने नेपाली खेलाडीहरुलाई नगद पुरस्कारबाट सम्मान गरिएको छ ।
गत बैशाख १२ देखि १७ गतेसम्म काठमाडौं र पोखरामा भएको ५ खेलको यस श्रृंखलामा भारत जस्तो बलियो देशलाई नेपालले ३–१ ले हराएर उपाधिमाथि कब्जा जमाएको थियो ।

नेपालको राष्ट्रिय दृष्टिविहीन महिला क्रिकेट खेलाडीहरुलाई थप हौसला तथा प्रोत्साहन प्रदान गर्न नेत्रहीन क्रिकेट संघ नेपालले प्रति व्यक्ति जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको हो । संघले पहिलो पटक खेलाडीलाई नगद पुरस्कारले सम्मान गरेको हो । २०६३ सालमा स्थापना भएको नेत्रहीन क्रिकेट संघ नेपाल दृष्टिविहीन व्यक्तिहरुको क्रिकेट खेल लगायत अपाङ्गता खेलकुदको विकास, विस्तार एवं प्रवद्र्धनमा निरन्तर काम गर्दै आएको छ । विश्वमा दृष्टिविहीन महिला क्रिकेट टोलीको सर्वप्रथम सुरुवात नेपालबाट गर्ने श्रेय पनि नेपाल नेत्रहीन क्रिकेट संघलाई नै जान्छ । नेत्रहीन क्रिकेटको पुरुष तर्फको विश्वकप, एसिया कप लगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सफलतापूर्वक सहभागिता जनाएको छ भने महिला तर्फ हालसम्म नेपाल शीर्ष स्थानमा रहन सफल भएको छ ।

Vivo Y28
Daraz

नगद पुरस्कारबाट पुरस्कृत नेपाली महिला क्रिकेट टोलीका खेलाडीहरुमा कप्तान भगवती भट्टराई, उपकप्तान गीता पौडेलसहित खेलाडीहरुमा प्रतिभा राई, रिता थापा,मुना अर्याल, माया लुङ्गगेली, सुस्मा तामाङ्ग, मनकेशरी चौधरी रहेका छन् । यस्तै पुरस्कृत अन्य खेलाडीहरुमा कान्ति योगी,सरिता घिमिरे, वनिता मगर सोमाई, दिल्लीशरा धमला, विनिता पुन, निशा चौधरी र विमला राई रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।