काठमाडौं । एसिया कप पाकिस्तान र श्रीलङ्का हुने निश्चित भएको छ ।
पाकिस्तानमा हुने एसिया कपमा भारत सहभागी नहुने भनेपछि अन्योलमा परेको प्रतियोगिताको आयोजनास्थल निश्चित जस्तै भइसकेको एसियन क्रिकेट काउन्सिलले जनाएको छ ।
१ देखि १७ सेप्टेम्बरभित्र हुने प्रतियोगिताका १३ मध्ये करिब पाँच वटा खेलहरू पाकिस्तानमा र बाँकी खेलहरू श्रीलङ्का आयोजना हुने गरी समस्या समाधान गरिएपछि खेलमा भारत सहभागी हुनेछ । प्रतियोगिताबारे एसीसीले केही दिनमै औपचारिक घोषणा गर्ने तयारी गरिएको जनाइएको