काठमाडौं । आइसिसी एक दिवसीय क्रिकेट विश्वकपका लागि ‘वार्म अप’ खेल खेलिरहेको नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध २७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
जिम्बाब्वेको राजधानी हरारेस्थित ओल्ड हरारियन्समा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २७५ रनको योगफल खडा गरेको हो ।