काठमाडौं । आईसीसी विश्वकप क्रिकेट छनोटको प्लेअफको फाइनलमा नेपालले आज आयरल्याण्डसँग खेल्दै छ। सातौ स्थानका लागि हुन लागेको खेल जिम्बाबेको हरारे स्पोर्ट्स स्टेडियममा हुने छ ।
आजको खेलको विजेताले सातौं स्थान हासिल गर्ने छ भने पराजित टोली विश्वकप क्वालिफायरको आठौ हुने छ। नेपालले प्लेअफको सेमिफाइनलमा युएईलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने आयरल्याण्डले सेमिफाइनलमा अमेरिकालाई पराजित गर्दै फाइनलमा पुगेको हो।
नेपालले आफ्नो एकदिवसीय इतिहासमा तेस्रो पटक टेस्ट खेल्ने देशसँग खेल्दैछ।