काठमाडौं । आईसीसी विश्वकप क्रिकेटको छनोटअन्तर्गत सातौं स्थानका लागि भैरहेको खेलमा नेपालले आयरल्याण्डलाई २ सय ६९ रनको लक्ष्य दिएको छ।
जिम्बावेको हरारेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनाएको हो ।