काठमाडौं । जिम्बाव्वेमा भएको विश्वकप क्रिकेट छनोटमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिम आज शुक्रबार स्वदेश फर्केको छ ।
विश्वकप क्रिकेटको सुपर सिक्समा पुग्न नसकेको नेपाल १० टिम सहभागी प्रतियोगितामा आठौं स्थानमा पर्दै आज स्वदेश फर्केको हो । खेलाडीलाई स्वागतको लागि नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी तथा क्रिकेट समर्थकले विमानस्थलमा पुगेका थिए ।
स्वदेश फर्केपछि विमानस्थलमा पत्रकारसित कुरा गर्दै कप्तान रोहितकुमार पौडेलले विश्वकप छनोटमा सोचे अनुसारको नतिजा नआए पनि शोसिएटकै बलिया टिम र टेष्ट टिमसँग खेल्दाको अनुभव लिएको जनाएका थिए ।