काठमाडौं । अलराउन्डर पवन सरार्फ नेपाली क्रिकेट टोलीमा समावेश भएका छन् । उनको करिब १० महिना पछी समावेश भएका हुन् ।
आरिफ शेखले यसै साताबाट श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएपछि पवन टोलिमा समावेश भएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार बिहान श्रीलंकामा यही जुलाई १३ देखि २३ सम्म हुने एसीसी इमर्जिङ टिम्स एसिया कपको लागि पवन सर्राफलाई नेपालि टोलीमा समावेश गरिएको जनाएको छ ।
इमर्जिङ टिम्स कपको लागि क्यानले सोमबारै नेपाली टोलीलाई बिदाइ गर्दैछ ।