२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode


काठमाडौं । माइतीघर मण्डला आवाजविहीनहरुको आवाज बुलन्द गर्ने थलो बन्दै आएको छ । घर झगडादेखि राष्ट्रको सीमा मिचिएकोसम्म मुद्दामा राज्यको ध्यानाकर्षण गराउन सबैजनाले यसै माइतीघरलाई चुन्दै आएका छन् । माइतीघर यति व्यस्त बन्न थालेको छ यस्ले अब २४ सै घण्टा फुर्सद् नपाउने भएको छ ।


माइतीघरमा अहिले भान्साघर, सुत्ने ओछयानदेखि अस्थायी शौचालयको निर्माण समेत गरिएको छ । पानी पर्दा ओत लाग्नको लागि पनि राम्रै व्यवस्था गरिएको छ । सहकारी पीडितहरु महिनौदेखि यही धर्ना कसेर बसेका छन् ।

संघीय शिक्षा ऐनको पक्षमा नाराबाजी गर्दै यहाँ हरेक दिन शिक्षकहरुको शिक्षाप्रेमीको नारवाजी घन्कने गर्छ । यस्तै मिटरव्याज पीडितहरुले धर्ना कसेको त महिनौ वितिसक्यो । यति मात्र नभइ घर भित्रका मुद्दा लिएर माइतीघरमा धर्ना कस्नेहरु पनि कम छैनन् ।

अहिले यहाँ सामूहिक रुपमा चन्दा उठाएर सामूहिक मेस चलाइएको छ । मोबाइल चार्जको लागि पनि व्यवस्था मिलाइएको छ । सरकारले सिंहदरबार वरिपरिको ठूलो क्षेत्र निषेधित क्षेत्र घोषणा गरेको छ । तर माइतीघरलाई भने त्यो निषेधले छुँदैन । त्यही भएर पनि माइतीघरमा आवाज हरेक दिन बुलन्द बनेर घन्कने गर्छ । विगत ११ महिनादेखि तलव नपाएका वनका कर्मचारीहरु पनि देशभरबाट आएर अहिले माइतीघरमा नै भेला भएका छन् । उनीहरुलाई तलवको मात्र चिन्ता छैन आफुहरुले दुःख गरेर हुर्काएको वन पनि मासिने हो कि भन्ने चिन्ता छ ।

Vivo Y28
Daraz


कतिपय मुद्दामा सरकारका वरिष्ठ मन्त्रीहरु नै आएर आन्दोलनरत समूह र व्यक्तिसँग भेटर समस्याको सम्बोधन गर्ने गरिएकोले पनि माइतीघरमा ‘चाम’ बढेको छ । सबैको मुद्दा नसुलिएला तर धेरैको मुद्दा यहाँ आइपुगेपछि सुनुवाई पनि भएको छ । माइतीघर यसैले पनि दुःखमा परेका, पीडामा परेका र अन्यायमा परेकाहरुका लागि आवाज उठाउने भरपर्दा थलोकोरुपमा विकसित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।