
पाल्पा । दुई बालिकामाथि जबर्जस्ती करणी प्रयास गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पाल्पाले एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तानसेन नगरपालिका वडा नं ४ पाँडेखर्क बस्ने २२ वर्षीय विशाल ठडराई रहेको प्रहरीले जनाएको छ ।
ठडराईले गएको आइतबार रातिको समयमा अन्दाजी करिब ९ बजे तानसेन बस्ने ११ वर्षीया बालिकालाई जवर्जस्ती करणीको प्रयास गरेका थिए भने सोही राती तानसेनकै १३ वर्षीया बालिकालाई रातको करिब १ बजेको समयमा करणी प्रयास गरेका थिए ।

पीडितको जाहेरीको आधारमा आरोपित युवालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिएका छन् ।