काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आज पत्रकार सम्मेलनको आयोजना गरेका छन । उनले व्यक्तिगत विषयमा कुराकानी गर्ने भन्दै इमेलबाट पत्रकारहरूलाई बोलाएका हुन् ।
हिजो मात्रै नेपाली टिम श्रीलंकाबाट फर्केको हो । यद्यपि सन्न्यास घोषणा गर्ने चर्चा चलिरहेको बेला उनले हाल सम्म आधिकारिक घोषणा नगरेको पाइएको छ ।
मल्ल भन्दा अघि रहेका कप्तान पारस खड्काले पनि आजै को दिन दुई वर्षअघि राष्ट्रिय टीमबाट सन्न्यास लिएका थिए ।