
काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा एक सफल ब्याटर ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषण गरेका छन् ।
नेपालका सबै उमेर समूह र राष्ट्रिय टिम गरी १८ वर्ष क्रिकेट खेलेका ब्याटर ज्ञानेन्द्रले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा संन्यास लिने घोषणा गरेका हुन्।

२०७६ को कात्तिकमा उनी राष्ट्रिय टिमको कप्तान बनेका थिए।