२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएकी छन्।आइतबार नेपाल क्रिकेट संघ -क्यान_ले नेपाली महिला क्रिकेट टिमका लागि पहिलो महिला प्रशिक्षक ल्याएको जानकारी गराएको हो ।

क्यानले अगष्ट २८देखि मलेसियामा हुने आईसीसी वुमन्स विश्वकप टी–२० एसिया क्षेत्र छनोटका लागि नेपाली महिला टिमको ब्याटिङ कन्सल्टेन्टका रुपमा देविकाले प्रशिक्षण दिने जनाएको छ ।देविका पाल्शिकर काठमाडौं आइसकेकी छन् ।

Vivo Y28
Daraz

हाल महिला टिमको प्रशिक्षण राष्ट्रिय खेलकुद परिषद् (राखेप)का क्रिकेट प्रशिक्षक स्यामसन जंग थापाले मुख्य प्रशिक्षकको रुपमा काम गर्दै आएका छन । क्यानले प्रारम्भिक छनोट अन्तर्गत २४ सदस्यीय टोली बन्द प्रशिक्षणमा सकेको छ ।

नेपालले अगष्ट २८ देखि ९ सेप्टेम्बरसम्म छनोट खेल खेल्नेछ ।प्रतियोगिताको समूह ‘ए’मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र युएई रहेका छन् भने समूह ‘बी’मा, चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।