२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । भारतले श्रीलंका र पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने आफ्नो टोलीको घोषणा गरेको छ । भदौ १३ देखि ३१ गतेसम्म हुने एसिया कपका लागि भारत प्रमुख दावेदार हो । खेल पाकिस्तान र श्रीलंकामा हुने भएपनि भारतले आफ्ना सबै खेल श्रीलंकामा खेल्नेछ ।

भारतको टोलीमा दुई प्रमुख ब्याटर लोकेश राहुल र श्रेयस ऐर टोलीमा फर्किएका छन् । एसिया कपमा नेपाल, भारत र पाकिस्तानसहित समूह एमा छ । यस्तै समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान समेटिएका छन् । भारतले आफ्नो पहिलो खेल पाकिस्तानसँग भदौ १६ गते र  नेपालसँग भदौं १८ गते खेल्नेछ ।

Vivo Y28
Daraz

भारतीय टोलीको कप्तानमा रोहित शर्मा र उपकप्तानमा हार्दिक पाण्डे रहेका छन भने अन्य खेलाडीहरुमा शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, सूर्यकुमार यादव, तिलक बर्मा, लोकेश राहुल, ईशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद शिराज, जस्प्रित बुमराह, मोहम्मद शामी र प्रसिद्ध कृष्ण छन् । यस्तै सन्जु स्यामसन वैकल्पिक खेलाडीकोरुपमा समेटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।