काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरू पशुपतिनाथ मन्दिरमा पुगेर आशीर्वाद लिएका छन । पाकिस्तान जानु अघि नेपालि टोलि आज बिहान पशुपतिनाथ दर्शनको लागि पुगेको थियो ।
नेपाली क्रिकेट टीम भोलि पाकिस्तानतर्फ प्रस्थान गर्ने भएको छ । आज नेपाल क्रिकेट संघ (क्यान) ले टीमलाई बिदाइ गर्दैछ । नेपाली टीमका स्टार स्पिनर सन्दीप लामिछाने भने भोलि पाकिस्तान नजाने भएका छन । १७ सदस्यीय स्क्वाडमा भए पनि उनी बन्द प्रशिक्षणमा सहभागी भएका छैनन । उनको मुद्दाको पेशि सरे पछि उनि तनावमा छ््न ।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप केही अस्वस्थ भएकाले बन्द प्रशिक्षणमा सहभागी नभएको बताए । भोलि टिमसँग नगए पनि उनले एसिया कप खेल्ने बताएका छ्न ।