काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टिमलाई जितका लागि शुभकामना दिएका छन् ।
पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल कुराकानी गर्दै प्रधानमन्त्री दाहालले जितका लागि शुभकामना दिएका हुन ।
प्रधानमन्त्रीले भने ‘तपाईहरू यो ऐतिहासिक खेलमा हुनुहुन्छ, सिंगै नेपाल सरकार, नेपाली जनता तपाईहरूसँग साथमा छन् । मेरो तर्फबाट ‘बेस्ट अफ लक’, राम्रो खेल्नुहोस् । देश तपाईंहरूको साथमा छ ।’ नेपालले आज ३:१५ मा घरेलु टिम पाकिस्तानसँग खेल्दैछ।